Comments Add Comment

Advertisment

SKIP THIS

टी–२० विश्वकप क्रिकेट: चलचित्र ‘दिमाग खराब’ले ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीलाई ५० हजार दिने

१३ कात्तिक , काठमाडौ । कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को टिमले आईसीसी ट्वान्टी–२० विश्वकप छनोट खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ ।

टी–२० विश्वकप क्रिकेटमा ‘दिमाग खराब म्यान अफ दी म्याच’ बन्ने खेलाडीलाई ५० हजार र आफ्नो खेल कौसलले टिमलाई महत्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘दिमाग खराब सेग्मेन्ट अफ दी डे’ अन्तर्गत १० हजार प्रदान गरिने ‘दिमाग खराब’का निर्माता रौनक बिक्रम कँडेलले जानकारी दिएका छन् । ।

यो पुरस्कार नेपाली खेलाडीले मात्र पाउनेछन् । यसको छनोट गर्ने सम्पूर्ण अधिकार भने नेपाल क्रिकेट संघ ९क्यान०लाई दिइएको छ । चलचित्रको कूल मुनाफाको ५ प्रतिशत क्यानको विकासका लागि समेत प्रदान गरिने भएको छ । यसविषयमा आइतबार निर्माता कडेल र क्यानका पदाधिकारीबीच सहमति भएको छ ।

नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको कँडेलले बताए । नेपाली चलचित्रले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा क्यानसँग सहकार्य गरेको निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

क्यानसँग मिलेर सिनेमाको टिमले ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ ।

“अहिले देशलाई चिनाउने काम क्रिकेटले गरिरहेको छ । नेपाली खेलाडीले निकै राम्रो प्रदर्शन गरिहेका छन्,” निर्माता कँडेलले भने, “यो बेला सबैको साथ, सहयोग र हौसलाको खाँचो छ । यसैले सिनेमाको तर्फबाट यो घोषणा गरेका हौँ ।”

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भूमिकामा देखिएका छन् । निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment