Comments Add Comment

Advertisment

SKIP THIS

कोरिया जादै हुनुन्छ : कोरिया भाषा परीक्षा पुस १ गतेदेखि हुने

२९ कात्तिक , काठमाडौ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ ।

बिशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने बैदेशिक रोजगार बिभाग ईपीएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै पुस १ देखि ७ गतेसम्म भाषा परीक्षा सञ्चालन गर्न लागिएको ईपीएस शाखा कार्यालयका निर्देशक सुरेश रावतले जानकारी दिए ।

कोरोना महामारीले कोरिया पठाउने प्रक्रिया अवरुद्ध रहेकोमा अहिले उक्त प्रक्रिया सुरु भएको उनले बताए । उनले २०१७–देखि १९ सम्म भाषा परीक्षा उर्तिण गरेर बसेकाहरुलाई पनि डिसेम्वरदेखि कोरिया पठाउने प्रक्रिया सुरु हुने बताए।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै