Comments Add Comment

Advertisment

SKIP THIS

साउदी रियाल देखाई शृङ्खलाबद्ध रूपमा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई आफूसँग विदेशी मुद्रा रहेको तर पासपोर्ट नभएका कारणले रकम साट्न नपाएकाले सस्तो दरमा विदेशी मुद्रा दिने प्रलोभनमा पारी शृङ्खलाबद्ध रूपमा ठगी गर्दै आइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानसिंह घिसिङ रहेका छन् । पानसिंह घिसिङलाई गत असोजमा पनि गौशाला वृत्तबाट ठगी कसुरमा मुद्दा चलेको खुलेको छ ।

गत चैत १९ गते चाबहिलमा विदेशबाट आएका व्यक्तिलाई दुई जनाले ‘हामीसँग साउदी अरेबियन रियाल छ । तर पासपोर्ट नभएका कारणले साट्न मिलेको छैन । तपाईँले लगेर साट्नु मलाई तपाईँले लगाएको सुनको ब्रासलेट दिनु’ भन्दै उनीसँग भएको ५० ग्रामको सुनको ब्रासलेट लिई फरार भएका थिए ।

पीडितले प्रहरीमा दिएको हुलिया र सीसीटीभी फुटेज र पीडितले दिएको हुलियाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत ३० गते काठमाडौँको चाबहिलबाट पक्राउ गरेको थियो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै