Comments Add Comment

Advertisment

SKIP THIS

स्याङ्जाको वालिङमा आगलागी हुँदा ३ जना घाइते

६ मंसिर , काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा आगलागी हुदा तीन जना घाइते भएका छन् भने आगलागीमा लाखौ रुपैयाँ बराबरको क्षति भएको छ ।

आज बिहान विद्युत सर्ट भई आगलागी हुदा २८ वर्षीया सुनिता हिताङ, उनकै छोरीद्वय ७ वर्षीया आशिमा हिताङ र १८ महिनाकी छोरी यमरोजिया हिताङ घाइते भएका छन् । घाइते तीनै जनाको वालिङस्थित गहै घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आगलागी हुँदा नगद, लत्ताकपडा, फर्निचर, सुनका गहना लगायतको सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीमा करिब २० लाख बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment