
१७ मंसिर , काठमाडौ । झापामा छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ, भने ३ जना घाईते भएका छन् ।

बिर्तामोड नगरपालिका ९ का ४३ बर्षिय सम्पत राजवंशीको मृत्यु भएको छ । बिहिवार दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्प आगाडि बिर्तामोड देखि भद्रपुर जादै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई मे१क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल राजवंशीको मृत्यु भएको हो ।

साथै मोटरसाईकल पछाडी सवार रहेकी ३१ बर्षीया शान्ता कार्की अस्पतालमा उपचार भईरहेको छ । ट्रक, ट्रक चालक भद्रपुर नगरपालिका १० का ३६ बर्षिय गंगा तामाङलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनरमनीले जानकारी दिएको छ ।



