Comments Add Comment

Advertisment

SKIP THIS

झापामा वर्षमा आठ सय बढी मान्छे हराउँछन्, आधा मात्र भेटिन्छन्

२१ मंसिर, काठमाडौ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए ।

हराएकामध्ये सबैभन्दा धेरै महिला छन् । हराउने महिलाको संख्या १४४ छ । यस्तै, पुरुष ६८, बालबालिका ४६ र जेष्ठ नागरिक १० जना छन् । जसमध्ये एक सय ३० जना फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्थात् हराएको कुल संख्याको ४८ प्रतिशत मानिस फेला परेका छन् ।

उमेर समूहलाई आधार मान्ने हो भाने झापामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै १८ देखि ३० वर्ष उमेर समूहका युवायुवती हराएका छन् । उनीहरूको संख्या एक सय ३४ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

आर्थिक वर्ष ०७८र७९ को कात्तिक मसान्तसम्ममा हराएकामध्ये ४३ प्रतिशत पुरुष, ४४ प्रतिशत महिला, ७४ प्रतिशत बालबालिका तथा ३० प्रतिशत जेष्ठ नागरिक फेला परेको उनले बताए । हराएकामध्ये चालू आव ०७८र७९ को कात्तिक मसान्तसम्म एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, गत आव ०७७र७८ मा आठ सय आठ जना मानिस हराएका थिए । जसमा सबैभन्दा धेरै महिला हराएको प्रहरीले जनाएको छ । पुरुष एक सय ६६, महिला चार सय २४, बालबालिका एक सय ८८ र जेष्ठ नागरिक ३० जना हराएको प्रहरीले जनाएको छ ।

हराएकामध्ये ४२ प्रतिशत अर्थात् चार सय ४० जना अझै फेला नपरेको तथ्यांक प्रहरीसँग छ । हराएकामध्ये १८ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै तीन सय ४७ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकामध्ये ४९ प्रतिशत पुरुष, ५३ प्रतिशत महिला, ७६ प्रतिशत बालबालिका तथा ६७ प्रतिशत जेष्ठ नागरिक फेला परेका छन् । अघिल्लो आर्थिक वर्षमा हराएकामध्ये पाँच जना मृत अवस्थामा फेला परेको पाठकले जानकारी दिए ।

घरायसी समस्या, आर्थिक अभाव, माया प्रेम, मानसिक असन्तुलन, संगत, मादक पदार्थ र लागुऔषधका कारणले हराउने गरेको डिएसपी पाठकले जानकारी दिए । प्रहरीको तथ्यांक हेर्दा बर्सेनि हराएकामध्ये करिब आधा मात्र फेला परेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment