Comments Add Comment

‘इकु’का नामले परिचित कलाकारले ‘इकुपिताङ’ ल्याउने

२४ जेठ , काठमाडौ । बालबालिकादेखि वृद्धवृद्धामाझ ‘इकु’का नामले परिचित कलाकार सुलेमान शंकरले टेलिभिजनमा हास्यश्रृंखला ‘इकुपिताङ’ ल्याउने भएका छन् ।

सुलेमानकै कथा र निर्देशन रहने श्रृंखलामा सुलेमानसँगै श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनीष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर तथा बाल कलाकार कुसल लोहनी, दीपक थापामगर र सुमन मगरको अभिनय रहेको छ ।

श्रृंखलामा योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत छ । केही समय अघि ‘इकु’ निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलको श्रृंखला ‘हल्का रमाइलो’को केही भागमा देखिएका थिए ।

ग्लोबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्लोबल टिभी एचडीबाट असारको दोस्रो सातादेखि प्रसारण हुनेछ ।

श्रृंखलामा राजु पौडेल र मदन महर्जनको छायांकन र रविन बजगाईको सम्पादन छ । निर्माण पक्षले श्रृंखलाको ट्रेलर सार्वजनिक गरेको छ ।

https://youtu.be/H20r5ZJJaTs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment