Comments Add Comment

Advertisment

SKIP THIS

इनर्वा गाउँबाट व्यापक तस्करी

१४ जेठ , काठमाडौं । सुरक्षा निकायको शक्ति र ध्यान स्थानीय निर्वाचनको समयमा केन्द्रित भएको समयमा ईनर्वा गाउँबाट शुरू भएको तस्करी धन्दा अहिलेसम्म पनि व्यापक मात्रामा भैरहेको छ।

निर्वाचन सकिएको अवस्थामा पनि यो तस्करी नियन्त्रण नभए पछि भने स्थानीयले सुरक्षाकर्मीकाे संरक्षणमा नै तस्करी भएको बताउन थालेका छन् । स्थानीय इनर्वा गाउँका सन्तोष यादवका अनुसार सुरक्षाकर्मीकाे सहमति र संरक्षण बिना यति ठूलो तस्करी हुनै सक्दैन । उनले भने , साइकल र पिकअपकाे माध्यमबाट रातभरि खुलेयाम तस्करी भैरहेको छ। जबकि इनर्वा गाउँमा नेपाल प्रहरीको असईकाे कमाण्डमा चाैकी नै छ भने सशस्त्र प्रहरीको चाैबिसै घण्टा डियुटी खटिएको हुन्छ ।

शत्रुधन यादवले पिकअपकाे माध्यमबाट कपडाको ठूलो तस्करी गरिरहेका छन् भने अनिल भन्नेले साईकल प्रयाेग गरेर दर्जनौं कामदार मार्फत कपडा र हार्डवेयरका सामानको तस्करी गरिरहेका छन् । भारतमा गजानन्द नामले चिनिने उनी नेपालकाे बिरगंजमा भने अनिल नामले चिनिन्छन। यी दुबै जनाले हरेक रात पचास लाख भन्दा बढिकाे सामान भन्सार छलेर तस्करी गर्दै आइरहेका छन् । तस्करीको सम्बन्धमा नेपाल प्रहरी तथा सशस्त्रका एसपी दुबै जनासंग जिज्ञासा राख्दा उनीहरूले आफुहरू निर्वाचनमा केन्द्रित भएकोले थाहा नभएको र अब नियन्त्रण हुने दावी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै