Comments Add Comment

Advertisment

SKIP THIS

कैलाली प्रहरीले कुख्यात अपराधी भनिएका धनगढीका शेख मुनिर अहमलाई पक्राउ

धनगढी : कैलाली प्रहरीले कुख्यात अपराधी भनिएका धनगढीका शेख मुनिर अहमदलाई पक्राउ । प्रहरी स्रोतका अनुसार लामो समयदेखि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालयमा अचानक फेला परेपछि समातिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी देवेन्द्रबहादुर पालले पनि मुनिरलाई पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार एकजनाको गाडी कब्जा गरेको आरोपमा उनलाई अनुसन्धानका लागि समातिएको हो।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको एसपी पालले बताए। उनी आज एक पुरानो मुद्दाको छलफलका लागि प्रशासन कार्यालयमा आएकै बेला समातिएका हुन्।

प्रहरीका अनुसार उनीविरुद्ध दर्जनौं मुद्दा जिप्रका कैलालीमा दर्ता भएका छन्। उनीविरुद्ध प्रहरीमा कब्जा, ठगी, मिटरब्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहारलगायतका मुद्दा रहेको बताइन्छ।

नेपाली काँग्रेसका कार्यकर्तासमेत रहेका उनले सताएका पीडितहरु अहिले पनि सम्पर्कमा आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

केही वर्षअगाडि अपहरणको आरोपमा वीरगञ्जबाट फरार भएर खाली हात आएका मुनिरले धनगढी आएपछि मात्रै करोडौंको सम्पत्ति जोडेको दावी छ।

केही समयअघि उनी धनगढीकै मुस्लिम समुदायमा दङ्गा गराएको आरोपमा पक्राउ पर्ने भएपछि फरार रहँदै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै