Comments Add Comment

Advertisment

SKIP THIS

पाल्पामा दुईवटा मोटरसाइकल ठोक्किँदा ३ जना घाइते

२९ भाद्र , काठमाडौँ । पाल्पाको रामपुर नगरपालिका–८ गैरी खेतमा हिजो दुईवटा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन् । कालिगण्डकी करिडोर सडकमा विजयपुरबाट भुजाततर्फ जाँदै गरेको लु २९ प ३८२७ र विपरित दिशाबाट आउँदै गरेको लु २१ प ५९२८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा ३८२७ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका–८ का ३४ वर्षीय यमबहादुर साठीघरे, सोही मोटरसाइकलमा पछाडि सवार रामपुर–१० का २९ वर्षीय जयबहादुर परियार र ५९२८ नम्बरको मोटरसाइकल चालक रामपुर–५ का २१ बर्षीय बिष्णु माझी रहेका छन् । घाइतेहरुको रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

हिजो बेलुकी पौने ७ बजे भएको सवारी दुर्घटनामा घाइतेमध्ये बिष्णु र जयको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment