Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित एक पक्राउ

२६ बैशाख , काठमाडौं । कैलाली जिल्लाको मजनी नगरपालिका ३ कुसुमघाटस्थित सीमा ईलाकाबाट बैशाख २५ गते सशस्त्र प्रहरीले करीब ५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको भजनी नगरपालिका ६ बस्ने २० वर्षिय अक्षय कुमार चौधरी छन् ।

से ६ प। ४५७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपातर्फ आउँदै गरेका निज चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी कुसुमघाटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला पारेको हो । त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरिएको छ।

पक्राउ परेका चौधरीलाई बरामद ब्राउन सुगर तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै