Comments Add Comment

Advertisment

SKIP THIS

एमालेको घोषणा : दुई वर्षमा सबै नेपालीको घरमा बिजुली पुर्याउने

१५ कार्तिक , काठमाडौं । नेकपा एमालेले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा बिजुली पुर्याउने घोषणा गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले सार्वजनिक गरेको घोषणापत्रमा ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाट देशको उन्नति’ नारासहित दुई वर्षमा सबै नेपालीको घरमा बिजुली पुर्याउने महत्वकाङ्क्षी योजना घोषणा गरेको हो ।

एमालेले घोषणापत्रमा भनेको छ– ‘दुई वर्षमा विद्युत पहुँच हुने जनसंख्या शतप्रतिशत पुर्याइनेछ ।’

एमालेले सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने समेत उल्लेख गरेको छ ।

एमालेले ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुर्याउने एमालेले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै