Comments Add Comment

Advertisment

SKIP THIS

प्रतिव्यक्ति २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गर्न तीन जनालाई प्रहरीले पक्राउ

काठमाडौँ । प्रतिव्यक्ति रु २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गर्ने पुनलगायतले रकम दिए राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त प्रालिमा खानतलासी गर्दा प्रहरीले कम्पनीबाट विभिन्न व्यक्तिका पाँच थान राहदानी, एक थान कम्युटर तथा अन्य महत्वपूर्ण कागजपत्र बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै वैदेशिक रोजगारका लागि ओमान पुर्याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–६ घर भई काठमाडौँको गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बू र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिकाको भैँसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् । उनीहरुले पीडित व्यक्तिलाई वैदेशिक रोजगारका लागि ओमानमा ‘फ्री भिषा फ्री टिकट’मा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान पु¥याई बिक्री गरेको पाइएको छ ।

पीडित नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएका छन् । पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै