Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ

४ पुष काठमाडौ । सर्लाहीको मलंगवा नगरपालिका-८ बाट नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

१ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना भारतीयलाई शनिबार सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन् ।

बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जादै गरेका उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल, नम्बर १० गण सर्लाहीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment