Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरीबाट पेस्तोलसहित एक भारतीय पक्राउ

१ जेठ , काठमाडौ । महोत्तरीमा लोड गरिएको ह्यान्डमेड पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले चेकजाँचको क्रममा एकडारा गाउँपालिका– ४ हलखोरीस्थित सीमानाकानजिकैबाट हतियारसहित एक भारतीयलाई पक्राउ गरेको बताए।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सीतामढी बाजपट्टी गाउँ– ६ बस्ने २६ वर्षीय पप्पु यादव रहेको उनले बताए। उनको साथबाट ह्यान्डमेड पेस्तोल थान एक र सोमा लाग्ने गोली थान पाँच प्रहरीले फेला पारेको हो।

शनिबार राति प्रहरी चौकी हलखोरीबाट खटिएको गस्ती टोलीले भारतीय नम्बरको प्लाटिना मोटरसाइकलमा सवार निज यादवलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट हतियार बरामद भएको हो। प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी गिरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment