Comments Add Comment

Advertisment

SKIP THIS

बुबाको हत्या गरेको आरोपमा पक्राउ

०८ फागुन , काठमाडौं । सङ्खुवासभाको सभा पोखरी गाउँपालिका-२ का १८ वर्षीय सुमन दर्जी आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ परेका छन् । शनिवार बिहान राती अन्दाजी साँढे २ बजेको समयमा ५२ वर्षीय बुबा दल बहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाको हत्यामा संग्लग्न रहेका उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment