Comments Add Comment

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२१ असार ,काठमाडौं ।  ललितपुर महानगरपालिका-१ कुपण्डोल ठेगाना भएका ५० वर्षीय शिशिर शमशेर (जबरा) बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बिजुलीबजारबाट पक्राउ गरेको हो ।

पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नविल बैंकमा जबराले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ४५ लाख रुपैंया बराबरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment