१३ मंसिर काठमाडौ । पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीया संजय बानियाँ छन् । बानियाँ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ संगमचोकमा बस्दै आएका छन् ।

लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले उनको साथबाट ३ ग्राम ७ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ बाट पक्राउ गरेर उनीबारे अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।








