Comments Add Comment

Advertisment

SKIP THIS

केटासँग बोलेको निहुँमा आफ्नै साथीलाई कुटपिट गर्ने १३ जना विद्यार्थीहरू मोरङ प्रहरीले पक्राउ

काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिका–१३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रलाई कुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मोरङका एसपी दीपक पोखरेलले बताए ।

वैशाख ६ मा आरोपीहरु मिलेर ‘केटासँग बोलेको निहुँ’मा छात्रालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आरोपीहरूले कोठामित्र राखेर छात्रलाई निर्मम तरिकाले कुटेको एसपी पोखरेलले जानकारी दिए ।

आरोपीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरिएको छ । आरोपीहरुविरुद्ध अनुसन्धान गर्न अदालतले प्रहरीलाई ५ दिनको म्याद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै