सुनसरीमा। सुनसरीमा ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित ४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सो मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

को१२प ९०४, को६प ७७२१, प्रदेश१–०२–०४५ प ५२ र को१५प ९१५५ नम्बरको मोटरसाइकलसहित अवैध रूपमा भारतबाट ल्याएको सामान बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिइएको उक्त लत्ताकपडा र मोटरसाइकल सुनसरी भन्सार कार्यालयमा बुझाइएको छ ।


