Comments Add Comment

Advertisment

SKIP THIS

बिहान ६ बजे हाइटेन्सन लाइनको पोलमा चढेका दिनेशकुमार अझै ओर्लिएनन् !

३० वैशाख , काठमाडौ । मोरङको बूढीगंगा गाउँपालिका ७ डंग्राहामा हाइटेन्सन लाइनको पोलमा चढेका व्यक्ति अझै ओर्लिएका छैनन् ।

बूढीगंगा–७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी अझै पोलबाट नओर्लिएका हुन् ।

सडकमा निर्माण भइरहेको रिटेनिङ वाल गुणस्तरहीन बनाइएको भन्दै रोक्न माग गर्दै उनी हाइटेन्सन लाइनको पोलमा चढेका हुन् । उनी शनिबार बिहान ६ बजे पोलमा चढेका हुन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।

उनलाई फकाएर ओलार्ने प्रयास जारी नै रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै