काठमाडौं । कास्कीमा सामुदायिक वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका- ३ मराम्चेका ३९ वर्षीय अगन्धर पौडेल रहेका छन् ।
मराम्चे सामुदायिक वनमा लागेको आगो पौडेलले लगाएको उजुरीपछि उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।
दुई दिनअघि उक्त सामुदायिक वनमा आगो लागेको थियो ।


