Comments Add Comment

Advertisment

SKIP THIS

इमरान खानले भने– ‘मलाई १० वर्ष जेल हाल्न खोजिएको छ’

१ जेठ , काठमाडौ । पाकिस्तानमा राजनीतिक उथलपुथल जारी छ । पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुले धेरै सहरमा विरोध प्रदर्शन गरिरहेका छन् । यसैबीच, इमरान खानले सोमबार दाबी गरेका छन् कि देशको शक्तिशाली सैन्य प्रतिष्ठानले उनलाई देशद्रोहको आरोपमा आगामी १० वर्षसम्म जेलमा राख्ने योजना बनाएको छ।

पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) प्रमुखले सोमबार बिहान ट्वीटहरूको श्रृंखलामा भनेका छन्, ‘म जेलमा हुँदा उनीहरूले हिंसाको बहानामा न्यायाधीश, निर्णायक र जल्लादको भूमिका निभाएका थिए। अब बुशरा बेगम(खानकी पत्नी) लाई जेलमा हाल्ने र देशद्रोहको कानुन प्रयोग गरेर मलाई आगामी १० वर्ष जेलमा राखेर अपमान गर्ने योजना हो।’

इमरान खानको लाहोरस्थित निवासमा पीटीआई नेताहरूको बैठकपछि यो ट्वीट आएको हो। ७० वर्षीय नेता सयभन्दा बढी मुद्दामा धरौटीमा छुटेका छन् । ‘मानिसहरूले प्रतिक्रिया नदेओस् भनेर सुनिश्चित गर्न, तिनीहरूले दुईवटा काम गरेका छन् पहिलो, जानाजानी पीटीआई कार्यकर्ताहरूलाई मात्र होइन, आम नागरिकहरूलाई पनि आतंकित पार्ने र दोस्रो, मिडियालाई पूर्ण रूपमा नियन्त्रित गरेर र दमन गरिएको छ’ उनले भने ।

इमरान खानले यी ‘अपराधी’ हरूले जसरी ‘चादर र चार दिवारी’को पवित्रता हनन् गरिरहेका जनाउँदै उनले त्यो आजसम्म कहिल्यै नभएको पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment