Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरको शेसमतिमा बस दुर्घटना हुदा एक जनाको मृत्यु

काठमाडौं तार्केश्वरको शेसमतिमा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं तार्केश्वर नगरपालिकाको काभ्रेस्थलीबाट बालाजु हुदै रत्नपार्क जाँदै गरेको यात्रुबाहाक बस शेसमतिमा दुर्घटना भएको हो ।

बस सडकको दिशा छोडेर खोलामा खसेको छ । बस दुर्घटना हुदा ७ जना घाइते छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी आएको छ । घाइते ७ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरी वृत बालाजुले न्युज24ग्यालेक्सीलाई जानकारी दिएको छ ।

अन्य घाइतेहरुको भने सिल्भरलाईन अस्पतालमा उपचार भइरहेको छ । प्रहरी वृत बालाजुका अनुसार बसका चालक हाल फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै