Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ हिँडेकी महिला भद्रपुर विमानस्थलबाट पक्राउ, सेनेटरी प्याडमा ब्राउन सुगर बरामद

काठमाडौं– नेपाल प्रहरीले भद्रपुर विमानस्थलबाट एक महिलालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।

शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–९ मा रहेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले चेकजाँचका क्रममा महिलालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेकी छन्।

काठमाडौं आउन लागेकी उनलाई चेकजाँचका क्रममा उनले लगाएको भित्र वस्त्रमा प्याडको बीच भागमा प्लास्टिकको पोको पारेको अवस्थामा ब्राउनसुगर बरामद भएको हो।

उनको साथबाट १५ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर बरामत भएको छ। साथै उनको साथमा रहेको नागरिकता र रेडमी मोबाइल एक तान बरामद गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै