Comments Add Comment

Advertisment

SKIP THIS

राजवंशी कोटामा ४० जनालाई जापान लैजाने भन्दै साढे २ करोड ठगी गर्न अजय राजवंशी पक्राउ

मोरङ,राजवंशी कोटामा ४० जना राजवंशीलाई रोजगारीका लागि जापान लैजाने भन्दै आफन्तमार्फत रकम असुली गरेर सम्पर्कविहीन भएका १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जापान लैजाने भन्दै मोरङको सुनवर्षी नगरपालिका र कटहरीका ४० युवाबाट साढे २ करोड बढी रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–६ का ३५ वर्षीया अजय राजवंशी रहेका छन् । मोरङ प्रहरीले ठगी आरोपमा विराटनगरबाट उनलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेका राजवंशीको ६ जनाको समूहले सुनवर्षी नगरपालिका र कटहरीका ४० बढी युवालाई जापान पढाउने भन्दै २ करोड ५३ लाख ७५ हजार रुपैयाँ असुली गरेका छन् । राजवंशीलाई १ जना युवाले जापान लैजाने सपना देखाएर १८ लाख रुपैयाँसम्म बुझाएको खुलेको छ ।

१ वर्षअघि जापानमा बसेर नाता पर्ने सुरेन्द्र राजवंशी लगायत ४० जनालाई फोन गरेर जापान लैजाने भन्दै २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

मोरङ प्रहरीका अनुसार गिरोहका रन्जितकुमार राजवंशी, प्रमोदकुमार राजवंशी, विद्याकुमारी राजवंशी र अनुराधा राजवंशी फरार छन् । प्रहरीका अनुसार पीडित ४० जनाले अजयसहित ६ जनाविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी दिएका थिए । तीमध्ये अजयका बुवा विशमलाललाई प्रहरीले पीडितको उजुरीलगत्तै नियन्त्रणमा लिएर सोधपुछ गरी हाजिरी जवानीमा छाडेको थियो । ४ वर्ष जापानमा बसेका अजयले जापानमै रहेको समयमा मोरङ र झापामा बसोबास गर्ने ४० जना राजवंशी परिवारलाई राजवंशी कोटामा रोजगारीका लागि जापान लैजाने भन्दै आफन्तमार्फत रकम असुली गरेर सम्पर्कविहीन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै