Comments Add Comment

Advertisment

SKIP THIS

हालै बढुवा भएका नेपाल प्रहरीका २२ जना एसपीहरुको पदस्थापन

काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयले हालै प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका २२ जना अधिकृतहरूको पदस्थापन गरेको हो ।

यही जेठ ५ गते गृहमन्त्रालय सचिवस्तरको निर्णयबाट बढुवा भएकाहरूको आज पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतहरूलाई आज मात्रै आईजीपी बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

पदस्थापन हुनेहरूमा गौतमकुमार केसी, वसुन्धरा खड्का, अपिलराज बोहराm नवराज कार्की, गोविन्द पुरी, रवीन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्ती मगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी र भावेश रिमाल रहेका छन् ।

यसैगरी सन्तोष आचार्य, नारायण प्रसाद चिमोरिया, कुमोद ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेलको पनि पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै