Comments Add Comment

Advertisment

SKIP THIS

झापाको शिवगंज बजारमा एकै रातमा ४ वटा सटर चोरी गर्ने सविलाल खवास पक्राउ

झापा । एकै रातमा चार वटा पसलको सटर फोडेर चोरी गरेको आरोपमा प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ आमबाडी बस्ने वर्ष ५६ को सविलाल खवासलाई नियन्त्रणमा लिएको छ ।

शिवगंज बजारमा शृङ्खलाबद्ध रूपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो आएपछि इलाका प्रहरी कार्यालय शिवगञ्जमा प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न खवासलाई चोरी भएको सामानहरु, नगदसहित पक्राउ गरेको हो ।

चोरीमा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित पक्राउ परेका खवासविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै