काठमाडौं : सानिमा बैंक लिमिटेडले नवलपरासीको सुनवल चोकमा शाखा स्थापना गरेको छ। शाखाको समुद्घाटन ब्रान्ड प्रवर्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका छन्।
समुद्घाटन समारोहमा मह जोडीले सुनवलमा बैंकको कार्यालय सञ्चालन भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे। कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सम्बद्ध पक्षबाट मिलेको सहयोगका लागि धन्यवाद दिए।
सानिमा बैंकका सातै प्रदेशमा १३२ कार्यालय र १२२ वटा एटीएम सञ्चालनमा छन्।



