Comments Add Comment

Advertisment

SKIP THIS

गुल्मीमा बुबाले आफ्नै छोराको नाक काटिदिए : घटनामा संलग्न हँसियासहित प्रहरी नियन्त्रणमा

काठमाडौं : गुल्मीको इस्मामा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन् । इस्मा गाउँपालिका- ३ तोरीपाटाका ५६ वर्षीय दिलबहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ को बाबुराम सार्कीको नाक काटिदिएका हुन् ।

घरायसी विवादको कारण झै-झगडा हुँदा हँसिया प्रहार गरेर उनले छोराको नाक काटिदिएका छन् । छोरा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका उनको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपश्चात् लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रधानले बताए । घटनामा संलग्न दिलबहादुर हँसियासहित प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै