Comments Add Comment

Advertisment

SKIP THIS

सुनको सिक्री लुटेको आरोपमा प्रहरीले जोरपाटीबाट विष्णु तामाङलाई पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाइृ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका-१ देवीटार बस्‍ने ३० वर्षीय पाण्डे भन्‍ने विष्णु तामाङ रहेका छन् ।

तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत बानेश्वरमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङले काठमाडौं-३२ पेप्सीकोला गेटवे मोन्टेश्वरी स्कुल अगाडि पैदल हिडिरहेकी मध्‍यपुर ठिमी-७ बस्‍ने मनमाया छुजुले घाँटीमा लगाएको सुनको सिक्री पछाडिबाट लुटपाट गरेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै