Comments Add Comment

Advertisment

SKIP THIS

अख्तियार आयोगका आयुक्त एवं पूर्वएआइजी जयबहादुर चन्दको गीत ‘मैनाचरी’ सार्वजनिक

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गायिका मेलिना राईको स्वर रहेको गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । महाराज थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छिन् ।

सुदिप बरालले खिचेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । भिडियो निर्देशन भने सरोज ओलीले गरेका हुन् । यो राष्ट्रिय भावको गीत हो । गीतमा देशको विशेषताको चर्चा गरिएको छ । सुन्दर लोकेशनमा भिडियो खिचिएको छ । कलाकारलाई पनि मौलिक पहिरनमा प्रस्तुत गरिएको छ ।

आम स्रोता दर्शकमा राष्ट्रिय भाव जागृत गराउने अपेक्षा रहेको गीतका रचनाकार चन्दले बताए । ‘यो राष्ट्रिय भावको गीत हो,’ चन्दले भने, ‘स्कुल- कलेज, बिहे ब्रतबन्धतिर बजाउन मिल्छ ।’ ओम खड्काको सम्पादन रहेको भिडियो ‘आरटी ईन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

चन्दको यसअघि ट्राफिक सम्बन्धी जनचेतना जगाउने ‘सेतो टोपी’ बोलको गीत चर्चित भएको थियो । ‘मैनाचरी’ बोलको गीतले पनि स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

बिहीवार ​बेलुका सार्वजनिक गीतको भिडियोले शुक्रवार दिउँसोसम्म युटयुबमा ८० हजार बढी भ्युज पाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै