Comments Add Comment

Advertisment

SKIP THIS

अनियमिततामा दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री नारायणकाजी

काठमाडौं, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्।

शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रूपमा गरी दोषीमाथि कारबाही हुने बताए।

उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रूपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए।

उनले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरू पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए।

‘हामी सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला। त्यो छुट दिइने छैन,’ उनले भने, ‘त्यसरी नयाँ ढंगले काम गर्दैछौं। सबैको सहयोग चाहिएको छ। हामीले संस्थागत र प्रणालीगत रूपमा काम गर्न जरुरी छ। खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै