Comments Add Comment

Advertisment

SKIP THIS

कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ४ लाख ठगी गर्ने सञ्च तामाङ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका-१ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने सञ्च तामाङ रहेका छन् ।

 

तामाङले बैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ४ लाख ठगी गरेर फरार भएका थिए ।

तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई थप कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै