Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको महांकालमा कामदारमाथि खुकुरी प्रहार गरेको आरोपमा ९ जना पक्राउ

काठमाडौं– ललितपुरको महांकाल गाउँपालिका वडा नम्बर ३ मा आपसी विवाद हुँदा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन्। उक्त घटनामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहका अनुसार सोमबार राति १० बजेतिर महांकाल गाउँपालिका–३ जप्का स्थित सडक बनाउने कामदारका रुपमा कार्यरत तीन जनामाथि खुकुरी प्रहार भएको थियो।

उक्त घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा बर्दियाको मधुवन नगरपालिका–२ २ का सुनिल थारु, ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–२ का सुजेन लामा र सोही ठाउँका रमेश लामा रहेका छन्।

खुकुरी प्रहार गर्नेमा ललितपुर महानगरपालिका महांकाल गाउँपालिकाका स्थानीय रहेका छन्। घटनामा संलग्न ९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा महांकाल गाउँपालिका–४ का सुमन घलान, सोही गाउँपालिका ५ का अनिस बजगाईं, सोही ठाउँका नविन वाइवा, महांकाल १ का विनोद न्यासुर, वडा नम्बर ८ शौरभ विक, ५ को विजय वाइवा, सोही आशिस बजगाईं, छिरिङ स्याङतान र वडा नम्बर ४ को प्रकाश घलान रहेको एसएसपी सिद्धिबिक्रम शाहले बताए ।

पक्राउ परेकाहरुका साथबाट तीन थान मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि ज्यान मार्ने उद्योग मुद्दामा ललितपुर अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै