Comments Add Comment

Advertisment

SKIP THIS

 ठ्याहा र मठ्याहा !

राणाहरुको शासनकालमा शासन शैलीमा मात्र होइन जीवनका हरेक कुराहरुमा बिलासीता हुन्थ्यो ।

उनीहरुको जीवन जति ऐस आरामले बित्दथ्यो त्यति नै आफन्तहरुबाटै खतरा पनि थियो । श्रीमती बढी हुने हुनाले सन्तान त त्यसै पनि धेरै हुने नै भए । त्यस्तै श्री ३ जंगबहादुर राणाका धेरै नै श्रीमतीहरु थिए । उनका ब्याइतेतिर भन्दा ल्याइतेतिर सन्तान धेरै थिए ।

त्यस समयमा ब्याइतेका सन्तानहरुलाई ठ्याहा र ल्याइतेका सन्तानहरुलाई मठ्याहा भन्ने चलन थियो ! उनले देशको शासन सत्ताको बागडोर त आफ्नो कब्जामा पारेका थिए नै तर नेपाली परम्परा अनुसार ल्याइते भन्दा ब्याइतेको सन्तानमा पारिवारिक हरेक कुराहरुमा बढी हक अधिकार हुन्थ्यो तर उनका ल्याइते तिरका सन्तान बढी भएकाले परिवारमा हालिमुहाली उनीहरुकै हुने र ब्याइतेका सन्तानहरु भने केही तिरष्कृत भएको महशुस गर्दथे । ल्याइतेतिरका सन्तानहरुको हरेक कुराहरुमा बर्चश्व कायम रहेको भन्दै बाहिर राम्रो देखिएता पनि उनको पारिवारिक झै(झगडाले भुसको आगो जस्तो अवस्था पनि देखिन्थ्यो ता कि निभ्न समय लाग्ने नै भयो ।

हो, त्यस्तै अहिले नेपालको राजनीतिमा पनि हरेक दलमा यस्ता ठ्याहा र मठ्याहाको बिचमा आन्तरिक द्वन्द्व चर्केर भित्र भित्र दलका कार्यकर्ताहरुमा व्यापक बैमनश्यता कायम रहेको छ । जीवनभरी पार्टीमा समर्पीत कार्यकर्ताहरुको योगदान र कदर हुंदैन तथापी दुई दिन अगाडि बुद्दिजीवी कहलिएर नेताको चाकरी गरेपछि पार्टी प्रवेस हुन्छ अनि जनताको असल प्रतिनिधि पात्र भनेर चुनावमा टिकट उसैले पाउँछ ।

त्यति मात्र कहाँ हो र पार्टीको अन्तरिक संगठनमा बढुआ र महत्वपूर्ण जिम्मेवारीको भागिदार पनि उहीँ हुन्छ र जंगबहादुरका मठ्याहा सन्तानका जस्तै हरेक कुराहरुमा बर्चश्व उनीहरुकै हुन्छ । अनि पार्टीमा आन्तरिक संघर्षको कथा शुरु हुन्छ जसले गर्दा चुनावमा आफ्नै पार्टी भित्रको अन्तर्संघर्षको महाभारतले शकुनि र धृतराष्ट् जस्ता पात्रहरु जन्माउँछ ।

अहिले पूराना दलहरुमा देखिएको यो रोगले गर्दा नयाँ नयाँ दलहरुको आगमन भएको हो र पछि तिनीहरुको हालत पनि आखिर त्यही नै हो आन्तरिक संघर्ष, पद, प्रतिष्ठा, मान, मर्यादा १ अनि राष्ट्रको लागि सोच्ने कसले र कहिले रु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै