Comments Add Comment

Advertisment

SKIP THIS

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

२९ जेठ , काठमाडौ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्धका उजुरीको अध्ययन गर्नेछ ।

कार्कीविरुद्ध सुनुवाइ समितिमा २९ वटा उजुरी परेका छन् । आजको बैठकमा प्राप्त उजुरीबारे समितिका सदस्यहरूलाई जानकारी गराइने छ । समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरीका लागि जेठ २६ गतेसम्मको समय दिएको थियो ।

उजुरीबारे प्रारम्भिक छलफलपछि समितिले उजुरीकर्तालाई बोलाउने छ । त्यसपछि कार्कीसँग बयान हुनेछ । कार्कीको बयान पछि सिफारिस सदर वा बदर गर्ने भन्नेबारे समितिले निर्णय लिने छ ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment