काठमाडौं : प्रहरीले बैंकिङ कसुर मुद्दाका एक आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेका काठमाडौं–२५ नरदेबी बस्ने रानु तिमिला छन् ।
उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले बल्खुबाट पक्राउ गरेको हो । तिमिलाले विभिन्न व्याक्तिलाई घरजग्गा मिलाइदिने भन्दै रकम असुल गर्ने र ठगी गर्ने गरेको खुलेको छ ।
त्यसरी रकम उठाएका पीडितलाई पछि रकम फिर्ता गर्दिने भन्दै उनले चेक दिएको र चेकसमेत वाउन्स भएपछि उनी पक्राउ परेका हुन् ।
उनीविरुद्ध ११ जनाले पाँच करोडभन्दा बढीको चेक वाउन्स गरेर उजुरी दिएका थिए ।


