टोखा नगरपालिका वडा नं ३ साइबाबा चोक स्थित रहेको फूलवारी हार्डवयरमा विद्युत सर्ट भई हार्डवयरमा आगजनी भए लगतै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल काठमाडौंको चरित्र हत्या गर्ने काम भएको भन्दै एक
बिज्ञप्ती जारी गरेको छ ।

उक्त घटना यही मिती २०८० साल ३ महिना ०८ गते शुक्रवारको दिन साँझ ६ बजे टोखा नगरपालिका वडा नं ३ साइबाबा चोक स्थित रहेको फूलवारी हार्डवयरमा विद्युत सर्ट भई उक्त हार्डवयरमा आगलागी भएको थियो ।
घटना विद्युत सर्ट भई आगलागी भएको भनि प्रहरीको प्रारंभिक अनुसन्धानले पुष्टि गरिसकेको र उक्त हार्डवयरका संचालक श्री विष्णु ढकाल ले पनि यो विद्युत शर्ट भाई भएको र यो कसैबाट होईन भनि बयान दिइसकेपछि पनि उक्त विषयलाई केहि अविच्छिन्न तत्वले टिकटक मा वाइसियल कार्यकर्ताले आगो लगायो भनेर सत्य र तथ्य हिनको आधारमा सामाजिक सञ्जालमा पोष्ट गरेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल काठमाडौंको चरित्र हत्या गर्ने काम भएको छ ।
उक्त घटन प्रति हाम्रो संगठनको गंभीर ध्यान आकर्षण भएको हुँदा Aayuu 96 लेखेको टिकटक id चलाउने व्यक्तिलाई उत्प्रेरित गर्ने व्यक्ति वा समुहलाई पक्राउ गरी यथा सिघ्र नेपालको प्रचलित कानून अनुशार दण्ड सजाय होस् भनी हाम्रो संगठन वाइ.सि.एल नेपाल जोडदार माग गर्दछ।
यसरि नै सामाजिक सञ्जालमा नराम्रो खालको भिडियो पोष्ट गर्ने अपशब्द बोल्ने, तथ्यहिन समाचार लेख्ने कार्यले हाम्रो समाज कतातिर जाँदै छ भन्ने कुराले हामिलाई चिन्तित बनाएको छ ।
सामाजिक सञ्जालमा Views, like उद्देश्यले गरिएको यस्तो नराम्रो कामलाई प्रोत्साहन दिने होइन कि कानुनी कठघरामा उभ्याइ दण्ड गरिनुपर्छ। क्षणिक स्वार्थमा तथ्यहिन कुरालाई लिएर कुनै व्यक्ति, संस्थालाई नराम्रो बनाउने अधिकार तपाई हामी कसैलाई छैन ।
यो कानुनी राज्य विरूद्ध हो । यो घटनामा सम्बन्धित दोषि उपर कडा भन्दा कडा कारवाही गरियोस भनि नेपाल सरकार र सम्बन्धित निकाय समक्ष हाम्रो संगठन योङ कम्युनिष्ट लिग नेपाल काठमाडौं जिल्ला समन्वय समिती जोड्दार माग गर्दछ ।








