Comments Add Comment

Advertisment

SKIP THIS

यातायात व्यवसायी तथा चालकहरुको प्रदर्शन, यस्ता छन् मागहरु (भिडियो )

१४ असार , काठमाडौ ।  पेशा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग राख्दै यातायात व्यवसायी तथा चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको कलंकी, स्वयम्भु, बालाजु लगाएत चक्रपथ क्षेत्रको सडकमा यातायातका साधनहरु तेर्साएर उनीहरुले प्रदर्शन गरेका हुन् । सरकारले स्वदेशमा नै काम गर्ने वातावरण बनाउनुपर्ने, बैंकको ऋण तिर्ने म्याद एक वर्ष थप गर्नुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगाएतका माग उनीहरुले राखेका छन् ।

प्रदर्शनमा सहभागीहरुले यातायात क्षेत्रलाई राज्यले महत्व नदिएकै कारण आफुहरु बिभिन्न समस्या झेल्न बाध्य भएको गुनासो गरेका छन् । आफुहरुको माग र मुद्धाका बारेमा पटक पटक राज्यका विभिन्न निकायमा कुरा राख्दा पनि कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ । यातायात व्यवसायी तथा चालकहरुको आन्दोलनका कारण सो क्षेत्रको यातायात बिहीबार दिनभर प्रभावित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै