Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं जिल्लाका सीडीओ घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने समितिले वरिष्ठतम सहसचिवहरु लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्ने बस्नेत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत छिन् ।

घिमिरे चिनको छेन्दुमा महाबाणिज्यदुत छन् । शंकरदास बैरागीले राजीनामा दिएपछि बैकुण्ठ अर्याल मुख्यसचिव भएका छन् ।

यो बीचमा सचिव यादव कोइराला पनि अवकाश भएका छन् भने रामप्रसाद थपलियाले मंगलबार राजिनामा दिएका छन् । उनीहरुको ठाउँमा बढुवाका लागि समितिको बैठक फेरि बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै