Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देहीमा चल्याे गाेली : युवा घाईते

३० साउन , काठमाडौ । रुपन्देहीको ओमसतियामा अज्ञात समूहले युवालाई गोली हानी फरार भएको छ ।

आइतबार राति करिब ११ बजे ओमसतिया-४ बसन्तपुर वडा कार्यालय अगाडी सि.न.प १ बेलाहिया बस्ने ३१ वर्षीय बिकास गुरुङलाई उक्त समूहले गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक प्रवक्ता वेदबहादुर पौडेलले बताए ।

नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीनजनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि एक राउण्ड गोली हानेको स्थानीयले बताएका छन्प । गुरुङको पेटको छेउमा गोली लागेका र युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

घटना लुटपाट वा के हो भन्ने खुलेको छैन । गोली कसले चलायो बारे अनुसन्धान भइरहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै