काठमाडौं १४ माघ । सुर्खेतमा १५ वर्षअघि भएको राजबहादुर मल्लको हत्यासम्बन्धी घटना राष्ट्रिय सभा निर्वाचनले ब्युँताइिदएको छ।

उक्त हत्यामा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी वर्तमान केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा अघिल्लो शुक्रबार पक्राउ पुर्जी जारी हुँदा त्यसले राष्ट्रिय सभा चुनावको वातावरण नै अर्कै बन्न पुगेको थियो।

गत बिहीबार सम्पन्न राष्ट्रिय निर्वाचनले १५ वर्षअघि सुर्खेतमा भएको कालिकोटका १७ वर्षीय किशोर राजबहादुर मल्लको हत्या प्रकरण पुनः चर्चामा ल्याएको हो। २०६५ सालमा कालिकोटका १७ वर्षीय मल्लको सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा हत्या भएको थियो।

प्रहरीका अनुसार, २६ फागुन २०६५ बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा राजबहादुर मल्लमाथि खुकुरी प्रहार भएको थियो।

माओवादी कार्यकर्ताहरू ‘टाइगर’ भनिने पदमबहादुर रावतसमेतको आक्रमणबाट गम्भीर घाइते भएका राजबहादुरको उपचारकै क्रममा ज्यान गएको थियो।

त्यही घटनालाई लिएर अहिले सुर्खेत जिल्ला अदालतले गत शुक्रबार सिंहलगायत ६ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ।

यो प्रकरणमा मल्लका परिवारले २०६५ सालमै एक महिनाको बीचमा दुईवटा जाहेरी दर्ता गराएका थिए।

पहिलो जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतसहितको नाम उल्लेख थियो। तर एक महिनाबीचमा त्यहीबेला परेको जाहेरीमा पञ्चा सिंसहित अरुको नाम किटान गरिएको थियो।

तर, सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको एक साता बितिसक्दा पनि प्रहरीले पक्राउ गरेको छैन। सिंहलाई सुर्खेत प्रहरीले फरार आरोपीको सूचीमा राखेको छ।

अहिले पनि उनी दैनिकजसो सार्वजिनक कार्यक्रममा सहभागी भइरहेकी छन्। उक्त घटनाका विषयमा सञ्चामाध्यमहरूमा आफ्नो संलग्नता नभएको भन्दै बाहिरै सफाइ पेस गरिरहेकी छन्।

यति मात्रै होइन, सिंहमाथि अनुसन्धान गर्न १५ वर्षको अवधिमा प्रहरीका ३१ अनुसन्धान अधिकृत तोएिका छन्। तर, राजनीतिक पहुँचका कारण सिंहसहितका आरोपी खुलेआम हिँडिरहँदा पीडित परिवारलाई न्याय पाउन मुस्किल परेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार छ। माओवादीकै नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन्। फरार सूचीमा रहेकी सिंहलाई सरकारको दबाबका कारण पक्राउ नगरेको मृतकका आफन्तको आरोप छ।

के भन्छ सुर्खेत प्रहरीरु
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब उपरीक्षक ९डीएसपी० लक्ष्मणबहादुर शाहीले उक्त घटनाको मुख्य अभियुक्त भनिएका व्यक्तिलाई पक्राउ नगरिएसम्म सिंहलाई पक्राउ गर्न नमिल्ने बताए।

‘अदालतको आदेशपछि सिंहमाथिको अनुसन्धान भइरहेको छ। अदालतले पक्राउ पुर्जी दियो। सुरुमा जसको नाममा जाहेरी आएको थियो, त्यसको मुख्य प्रतिवादी भारतमा छ’, उनले भने ‘हामी उसलाई खोज्दै छौँ। घटनामा संलग्न मुख्य व्यक्ति नै नियन्त्रणमा नआइसकेकाले अनुसन्धान अगाडि बढ्ने कुरा पनि त भएन।’