Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नै छात्रामाथि यौन शोषण गरेको आरोपमा प्रिन्सिपल पक्राउ

२९ मंसिर , काठमाडौ । नेपालगञ्जको नेपालगञ्ज टेक्निकल कलेजका प्रिन्सिपल ४१ वर्षीय हिक्मत रावत आफ्नै छात्रामाथि बलात्कार तथा यौनशोषण गरेको आरोपमा पक्राउ परेका छन् ।

१७ वर्षीया छात्रालाई उनले बलात्कार गरेको र त्यसको भिडिओ सार्वजनिक गरिदिन्छु भनेर पछिसम्म यौन शोषण गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रिन्सिपललाई अदालतबाट पाँच दिनको म्याद थप गरी जबरजस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । प्रिन्सिपल रहेका रावलले टेक्निकल कलेजमा अंग्रेजी विषय पढाउँदै आएका थिए । पीडित छात्राले डर धम्की र त्रास देखाएर आफूमाथि पटकरपटक बलात्कार गरेको भनेर जाहेरी दिएकी छिन् ।

गत साउन २२ गते पहिलो पटक प्रलोभनमा पारेर शिक्षक रावतले बलात्कार गरेको र त्यसपछि उक्त भिडिओ आफूले सुरक्षित राखेको भन्दै त्यो सार्वजनिक गरिदिने डर, त्रास र धम्की दिँदै पटकरपटक बलात्कार गरेको पीडितको भनाई छ । रावलले भारतको लखनऊसम्म लगेर यौन शोषण गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै