दुःख आजकल साथी बनेको छ
सु:ख के हो? खुशी के हो?
बियोग आजकल वानी परेको छ
मिलन के हो? मित्रता के हो?
हार आजकल साथी बनेको छ
जित के हो? प्राप्ति के हो?
सम्झौता आजकल वानी परेको छ
पीडा के हो? बेदना के हो?
रात आजकल बानी बनेको छ
दिन के हो? जुन के हो?
आशुँ आजकल साथी बनेको छ
बर्षा के हो? सागर के हो?
धोका आजकल आफ्नै बनेको छ
बिश्वास के हो? भरोसा के हो?
लोभ आजकल बानी परेको छ
नाता के हो? सम्बन्ध के हो?
विरहमा आजकल जीवन चलेको छ
सुर के हो? स्वर के हो?
शब्दहरू आजकल डर बनेका छन्
गीत के हो? गजल के हो?


