Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देही जिल्लामा मोटरसाइकल चोरी संलग्न आरोपमा १३ जनालाई प्रहरीले पक्राउ

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले मोटरसाइकल चोरीमा संलग्न १३ जनाको गिरोहलाई पक्राउ गरेको छ ।

रुपन्देही प्रहरीले एक महिनायता विशेष अप्रेसन चलाएर १४ वटा हराएका मोटरसाइकल र १३ जनाको गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका ३, ज्योतीनगरका १९ वर्षीय तरुन राना, नवलपरासी रामग्रामका सुनिल कुमार चौधरी, करण थारु, गुल्मी घर भई हाल तिलोत्तमाका सरोज थापा, दीपक रेगामी मगर, तिलोत्तमा–६ का दीपेश थापा, हितेश राना, बाग्लुङका आशिष सामत, दीपक सामत, गोरे भन्ने प्रमोद पुर्जा, मिलन खत्री, तिलोत्तमा नगरपालिका ४ का आकाश नेपाली रहेका छन् ।

केही महिनायता मोटरसाइकल चोरीका घटना बढेपछि प्रहरीले विशेष अपरेसन सञ्चालन गरेर पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्ये ६ जना एउटै गिरोहका छन् ।

बाँकी २/३ जनाको समूहमा काम गर्ने रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनीहरूले सवारी साधनको रेकी गर्ने, मिलेर चोर्ने, चोरीको साधन लुकाउने, ग्राहक खोज्ने र बिक्री गर्ने जस्ता काम बाँडेर गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै