Comments Add Comment

Advertisment

SKIP THIS

सर्वोच्च अदालतमा नियमित धर्नापछि बालुवाटारसम्म ‘मार्च पास’

९ मंसिर , काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनलगायतले आज बिहीबार सर्वोच्च अदालतबाट बालुवाटारसम्म ‘मार्च पास’ गर्दै छन् ।

प्रधानन्यायाधीश बहिर्गमनको माग राख्दै करिब १ महिनादेखि आन्दोलनरत बारले आयोजना गरेको ‘मार्च पास’ मा नागरिक समाजलगायत विभिन्न निकायहरू सहभागी हुँदैछन् ।

बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन, पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, चिकित्सक संघ आदिवासी–जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले ब्यानरसहितको मार्च पास गर्न लागेका हुन् । उक्त मार्च पासलाई ‘बालुवाटार न्याय मार्च’ नाम दिइएको छ । मार्च पासमा सहभागी हुन बारले सर्वसाधारणहरूलाईसमेत आग्रह गरेको छ ।

प्रधानमन्त्रीलाई भेट्ने योजना

करिब एक घण्टा धर्ना दिने कार्यक्रमपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने योजनामा आफूहरू रहेको बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् । ‘अहिले समय फिक्स भइसकेको छैन तर सकेसम्म उहाँलाई भेट्ने प्रयास गर्ने छौँ ।’उनले भने ।

सर्वोच्च अदालतमा गर्दै आइएको दैनिक धर्ना सकेर बालुवाटार जाने बारको तयारी छ । उनले भने,‘सर्वोच्च अदालत परिसरमा नियमित रूपमा गर्दै आएको दुई घण्टे विरोध प्रदर्शन सकेर बालुवाटार जान्छौँ ।’

दिउँसो २ बजेदेखि करिब १ घण्टा धर्ना दिने र उक्त समयमा केही वक्ताहरूले आफ्नो भनाइ राख्ने कार्यक्रमसमे रहेको उनले बताए ।

दलहरूतर्फ सोझियो बार

न्यायालयको विवाद समाधानका लागि अग्रसरता नदेखाएपछि कानुन व्यवसायीहरू केही दिनदेखि राजनीतिक दलहरूतर्फ सोझिन थालेका छन् ।

प्रमुख राजनीतिक दलहरू नबोल्दा प्रधानन्यायाधीश जबरालाई राजीनामा लागि दबाब नपुगेको महसुस गरेका कानुन व्यवसायीहरूले राजनीतिक दलहरूलाई पनि झकझक्याउन थालेका हुन् ।

सहज रूपमा माग गर्दा प्रधानन्यायाधीश जबराले राजीनामा नदिएपछि सत्ता गठबन्धनलाई दबाब दिने उद्देश्यका साथ बारले प्रधानमन्त्री निवाससम्म मार्च पास गर्न लागेको एक कानुन व्यवसायीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment