काठमाडौं । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीको कार्यकाल ९ महिना चलिरहेको छ ।
अहिले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी प्रमुखको जिम्मेवारी एसपी भुवनेश्वर तिवारीले सम्हालिरहेका छन् । एसपी तिवारी सरुवा भई आएपछि नवलपरासी पुर्व प्रहरीको सक्रिय भुमिका देखिएको छ । अपराध हुनै नदिने यदी भइहाले अपराधी पक्राउ गरेर कानुनी कठघरामा उभ्याइहाल्ने गतिविधि गर्दै आइरहेका एसपी तिवारी एउटा सफल अनुसन्धानकर्मीको रूपमा समेत चिनिन्छन् ।

यसै बीचमा उनलेे जिल्लाको शान्तिसुरक्षा नियन्त्रणका लागी कसैसँग सौदाबाजी गरेनन् । अपराध र अपराधीक गतिविधिलाई जरैदेखी उखल्ने सक्ने साहस भएका एसपी तिवारी नेपाल प्रहरीभित्र एक ब्यावसायिक, निडर एवं कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा समेत चिनिन्छन् ।
नवलपरासी पूर्व जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै एसपी तिवारीकोले विभिन्न जटिल परिस्थितका बाबजुद पनि जिल्लामा शान्ति सुरक्षा कायम मात्रै राखेनन् की प्रहरीको मनोबल बढाउने जनतासँग प्रहरीलाई कसरी नजिक लैजाने र प्रहरी कार्यालयको व्यवस्थापनमा समेत उदाहरणीय काम गरेका छन् । एसपी तिवारीले जिल्ला परिसर भित्र अन्य भौतिक सुधारका काम पनि गरेका छन् । चमेना गृह निर्माण, वाटिका निर्माण, सिसी टिभीको प्रभावकारी सञ्चालन उनले गरेका थप काम हुन् ।

उनले आफ्नु मातहतको क्षेत्रहरुमा प्रहरी टोली परिचालन गरी विभिन्न कामहरु गर्न निर्देशन दिदै आएका आफू र मातहतका प्रहरी इकाईहरुलाई समेत २४ सै घण्टा अलर्ट बस्न निर्देशन दिईसकेका छन् ।
सूचना संकलन तथा विश्लेषण, नियमित पैदल तथा मोबाईल गस्ती, नाकाहरुमा आकस्मिक प्रहरी चेकजाँच, सादा पोशाकमा प्रहरी तथा सिसिटिभी लगायतको निगरानी योजनाहरु कार्यान्वयनमा ल्याएका एसपी तिवारीले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहदै आएका अभियुक्त पक्राउ, पुराना तथा पेन्डिङमा रहेका मुद्दालाइ प्राथमिकता राखी जघन्य अपराधको सफल अनुसन्धान गर्नुको साथै, लागूऔषध नियन्त्रण, अवैध जडिबुटी, चोरी जस्ता क्षेत्रमा समेत उल्लेखीय कार्य गरेका छन् ।
एसपी तिवारीले जिल्लालाई स्वच्छ, पारदर्शी एवं भयरहित बनाउने उद्देश्यका साथ समाजमा हुने र हुँदै गरेका लागूऔषध दुर्व्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करी जस्ता अपराधी गतिविधिलाइ नियन्त्रण लिन त उनलेे विशेष अप्रेसन नै सञ्चालनमा ल्याएको बताए ।
बजार क्षेत्र तथा व्यबसायीक प्रतिष्ठानहरूमा नियमित सिसिटिभीको निगरानी, ड्रिंन्क एन्ड ड्राइभ नियन्त्रण गर्न चेकिङ्ग जस्ता कार्यहरू प्राथमिकताका साथ अघि बढाएका छन् । अपराधिक गतिविधिको सकेसम्म निराकरण, घटना घटिहालेमा तुरुन्त प्रहरी परिचालन गर्ने तथा अपराधमा संलग्न जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने जस्ता कार्यमा समेत नवलपरासी पुर्व प्रहरीले अब्बल नतिजा हात पारेको छ ।
त्यस्तै, गिट्टी बालुवाको उत्खननमा समेत उनी निक्कै आक्रमक रूपमा अघि देखिएका छन् । अवैध रूपमा ढुंगा तथा बालुवा उत्खनन गर्ने बालुवा, ढुंगा,गिटी,टिप्पर ढुंगासहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन पठाईएको बताए ।
नवलपरासी पुर्व प्रहरीको अनुसन्धानलाई आधुनिक प्रविधिसँग जोड्दै अनुसन्धान प्रतिको सकारात्मक दृष्टिकोण, संस्थागत पारदर्शीता राख्न र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले बजार परिसरमा एसपी तिवारीले विशेष प्रहरीलाई परिचालन गर्दै अपराध र अपराधीक गतिविधिलाइ नियन्त्रणमा लिन सक्रिय देखिन्छन् ।







