Comments Add Comment

Advertisment

SKIP THIS

डीआईजी भिम ढकालले चलाए कर्णाली प्रदेश भरि हिरासतमा पुस्तकालय अभियान

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालयले हिरासतमा पुस्तकालय स्थापना अभियान चलाएको छ ।

हिरासतमा पुस्तकालय राखेर उनीहरुको मनोविज्ञानमा सचेतना फैलाउने उद्देश्यसहित सो अभियान थालिएको हो । प्रदेश प्रहरी कार्यालयका डीआईजी भिमप्रसाद ढकालले अबको १५ दिनभित्र पुस्तकालय स्थापना गरिसक्ने गरी निर्देशन दिइसकिएको बताए ।

त्यसका लागि १० वटै जिल्लाका १४ वटा हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि निर्देशन दिइसकेको छ । १० वटा जिल्ला प्रहरी कार्यालय र बाँकी ४ वटा मुद्दा चल्ने इलाका कार्यालयहरू कर्णालीमा रहेका छन् ।

बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै ढकालले भने,‘हामीले विशेष गरी हिरासतमा रहेका व्यक्तिहरुको मनोविज्ञानमा परिवर्तन आउने उद्देश्यसहित यो अभियान थालेका हौँ ।’

‘कारागारबाट हिरासतमा आएकाहरु पनि किताब पढ्नमा रुचि राख्न थाल्नुभयो, त्यसपछि हामीले हिरासतमा पनि पुस्तकालय राखेर उनीहरुको मनोविज्ञानमा सचेतना फैलाउने उद्देश्यसहित यो अभियान थालेका हौँ,’ उनले भने,‘कैदीबन्दीले कारागारमा होस् वा हिरासतमा रहँदा उनीहरुको मनोविज्ञान बदल्ने खालका महत्त्वपूर्ण पुस्तक पढेपछि रुपान्तरण आउँछ नै ।’

साथै, उनले कारागारमा रहेका कैदीबन्दीहरुका लागि निबन्धलगायत प्रतियोगिता पनि गरिने बताए । कारागारमा किताब अभियान भने पूर्व डीआईजी महेश विक्रम शाहको पालादेखि पत्रकार, नागरिक अगुवा र युवाहरुको सहभागीतामा सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै