Comments Add Comment

Advertisment

SKIP THIS

तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको समस्या तथा गुनासो भए सिधै डिआईजीलाई फोन गर्ने

विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले “प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रमको आजैबाट औपचारिक रुपमा शुभारम्भ गरेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले औपचारिक रुपमा शुभारम्भ गर्नु भएको कार्यक्रममा कोशी प्रदेश अन्तरगत बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक देखि प्रहरी जवान सम्मका ८ जना प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख बास्तोला समक्ष प्रत्यक्ष टेलिफोन संवाद गरी आ-आफ्नो समस्या तथा गुनासो राखेको थिए ।

भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको प्रदेशमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष आफ्नो समस्या सुझाव तथा गुनासो राख्न कठिनाई भएको र मातहत तल्लो दर्जा सम्मका प्रहरी कर्मचारीहरुको उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यका साथ टेलिफोन संवादका माध्यमबाट सिधै प्रदेश प्रहरी प्रमुख समक्ष पिरमार्का तथा गुनासो राख्नको निमित्त प्रदेश प्रहरी कार्यालय बिराटनगरले यो कार्यक्रमको सुरुवात गरेको हो ।

साथै “प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम प्रहरी कर्मचारीहरुको समस्या सुझाव तथा गुनासो सुनवाई गर्न प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार प्रदेश प्रहरी कार्यलय बिराटनगरले निरन्तर संचालन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै